रविलाई अन्याय भएको थियो, जिबी राईको मुद्दा किन फिर्ता’- सांसद खुश्बु ओलीको प्रश्न

अ+
अ
अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सहकारी ठगी प्रकरणका फरार प्रतिवादी जिबी राईको मुद्दा फिर्ता गरिएको दाबी गर्दै त्यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै सांसद ओलीले राप्रपाले सुरुदेखि नै पार्टीका सहमहामन्त्री रवि लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको भन्दै आवाज उठाउँदै आएको स्मरण गरिन्। उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई भेट्न जेलसम्म पुगेको प्रसंग पनि उल्लेख गर्दै, अन्यायपूर्ण रूपमा दर्ता भएको मुद्दा फिर्ता हुनु स्वाभाविक हुन सक्ने टिप्पणी गरिन् ।

तर, सहकारी ठगी प्रकरणका फरार प्रतिवादी जिबी राईको मुद्दा किन र कसरी फिर्ता गरियो भन्ने विषय गम्भीर प्रश्न भएको उनको भनाइ छ। उनले उक्त विषयमा प्रश्न उठाउँदा उल्टै आफूलाई नै दोषारोपण गर्ने र औँला तेर्स्याउने रास्वपा कार्यकर्ताकाे प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाइन्।

सांसद ओलीले पहिलेका सरकारले रवि लामिछानेलाई अनावश्यक रूपमा दुःख दिएको दाबी गर्दै, अहिले जिबी राईको मुद्दा फिर्ता भएको विषयमा प्रश्न उठाउनु स्वाभाविक भएको बताइन्। उनले यस विषयमा सरकारले पारदर्शी रूपमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग समेत गरिन् ।