अ+
अ
अ-
जनकपुर । राष्ट्रिय श्रम संस्कृति पार्टीका नेता तथा अध्यक्ष हर्कराज राइलाई जानकी मन्दिरमा निशेध गरिएको छ। दर्शनका लागि पुगेका बेला विरोधका कारण मन्दिर प्रवेश गर्न नपाई फर्किएका छन्।
मन्दिर परिसरमा उपस्थित केही युवाले राईको विरोध गरेका प्रत्यक्षदर्शिहरुले बताएका छन् । त्यसपछि उत्पन्न परिस्थितिका कारण उनी मन्दिरभित्र प्रवेश नगरी फर्किएको बताइएको छ।
विरोधमा सहभागीहरूले राईले क्रिस्चियन धर्मको पक्षमा वकालत गर्दै आएको र पास्टरको रूपमा सक्रिय रहेको आरोप लगाउँदै हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा प्रवेश गर्न दिन नहुने माग गरेका थिए। ।


