अ+
अ
अ-
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा सरकारका सबै मन्त्रीहरू राजनीतिक दल र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्बन्धी मन्त्रालयस्तरीय कर्मचारीहरुसँगकाे छलफल कार्यक्रममा बोल्दै उनले सरकार सुशासन, सेवा प्रवाह सुधार र आर्थिक अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।
अर्थमन्त्री वाग्लेले पुराना विकृति र विसङ्गतिलाई अन्त्य गर्दै मुलुकको सामर्थ्यअनुसार कर्मचारीतन्त्रलाई थप प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने उल्लेख गरे । उनले सरकार नेपाली जनताप्रति उत्तरदायी रहँदै सुशासन, खर्च नियन्त्रण तथा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने दिशामा काम गरिरहेको पनि बताए ।

