अ+
अ
अ-
काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गर्नुभएको छ। आज विभागको कार्यालय पुग्नुभएका मन्त्री यादवले विभागकी महानिर्देशकसँग कार्यालयको दैनिक कामकाज, सेवा प्रवाह, सेवाग्राहीका गुनासा तथा सेवाको गुणस्तरका विषयमा जानकारी लिनुभएको थियो।
महानिर्देशकले विभागको दैनिक कामकाज र सेवा प्रवाह नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै सेवाग्राहीका गुनासो सुनुवाइ गर्दै आवश्यक प्रक्रिया अघि बढाइरहेको बताउनुभयो। अनुगमनका क्रममा सेवाग्राहीहरूले मन्त्री यादवसमक्ष विभिन्न गुनासा राखेका थिए।
वैदेशिक रोजगारीका क्रममा ठगी तथा अन्य समस्याबाट पीडितहरूले विभागमा उजुरी दर्ता गरे पनि दोषीमाथि प्रभावकारी कारबाही हुन नसकेको भन्दै गुनासो गरेका थिए। उनीहरूले पीडितलाई न्याय दिलाउन र दोषीमाथि कडा कानुनी कारबाही गर्न मन्त्री यादवसँग माग गरेका छन्।


