अ+
अ
अ-
काठमाडौं। भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको`संसद मार्च´का क्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव भएको छ । संसद मार्चमा सहभागीहरूले नेपालमा भएको `जेन जी´ आन्दोलनको स्मरण गराउने अभिव्यक्ति दिएका बताइएको छ ।
प्रदर्शनमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नाराबाजी गरेकाे थियाे । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोहरूका अनुसार`संसद मार्च´मा हजारौँ युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रदर्शनस्थल जन्तर–मन्तर क्षेत्रमा प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । सम्भावित झडपलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।


