काठमाडौ । शनिबार काभ्रेको दुसित थानीस्थित होटलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेट भएको भन्ने चर्चा विभिन्न स्रोत र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ। प्राप्त जानकारीअनुसार अर्थमन्त्री वाग्ले दिउँसो होटल पुगेका थिए भने साँझतिर सभापति लामिछाने त्यहाँ पुगेका थिए। यद्यपि, भेटको उद्देश्य वा एजेन्डाबारे आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।
यसअघि पनि प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीच भएको भनिएको भेटलाई लिएर विभिन्न राजनीतिक अड्कलबाजी भएका थिए। अहिले अर्थमन्त्री र सभापति लामिछानेको छुट्टै भेटलाई पनि कतिपयले राजनीतिक दृष्टिकोणबाट विश्लेषण गरिरहेका छन्।
राजनीतिक विश्लेषक स्वागत नेपालले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै, “अर्थमन्त्री र सभापति काभ्रेको दुसित थानीमा भेट्नुले बालेनको मनमा ‘मेरो बारेमा के खिचडी पाकिरहेको होला?’ भन्ने प्रश्न उब्जिएको हुन सक्छ,” भन्ने आशय व्यक्त गरेका छन्। यो उनको व्यक्तिगत टिप्पणी हो, आधिकारिक तथ्य होइन।
यता, केही सञ्चारमाध्यमहरूले यसअघि प्रधानमन्त्रीका विभिन्न राजनीतिक तथा व्यावसायिक भेटघाटमा अर्थमन्त्री स्वर्णिम वाग्ले सधैं सहभागी नभएको उल्लेख गरेका छन्। यद्यपि, यी भेटघाटहरूबारे सम्बन्धित पक्षहरूले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। उक्त हाेटलमा अर्थमन्त्री वाग्लेकाे लागनी रहेकाे चर्चाहरु पहिले देखि नै चल्ने गरेकाे थियाे ।


