अ+
अ
अ-
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य पुनः नेकपा (एमाले) मा फर्किएका छन्।
कार्कीसहित नेताहरूले बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेर पार्टीमा पुनः आबद्ध भएको घोषणा गरेका हुन्। उनीहरूलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए।
एमालेमा फर्किनेमा डीबी कार्कीसँगै राधेश्याम गुप्ता, विद्याप्रसाद शर्मा, वामदेव गौतम, भोला बराल, दीपक इटानी र रविन्द्र बम रहेका छन्।


