अ+
अ
अ-
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन सुरु गरेलगत्तै विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्।
बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख अर्यालले पाँच वर्ष सभामुख चलाउन नसक्ने भन्दै चर्को विराेध गर्नु भएको थियो । संसदमा विवाद गरेपछि संसद नियमावली विपरीत भएको भन्दै बैठक स्थगित भएको थियो। त्यसपछि सभामुखले बिहिबारका लागि बैठक बोलाउनुभएको थियो।
आजको बैठकमा नेपाली कम्युनिस्ट पार्टी ,नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रमसंस्कृती पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका छन्। विपक्षीको विरोधका कारण प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको छ।


