हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल असार ३० गते । सोमबार ।

+
-

यूवा ज्योतिषि डिपि भण्डारी ; वि.सं.२०७६ साल असार ३० गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१। आषाढ शुक्लपक्ष । तिथि चतुर्दशी, ५० घडी १६ पला,रातको ०१ बजेर २५ मिनेट उप्रान्त पूर्णिमा । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १३ पला ।

मेष : नोकरिमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ। खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ ।

बृष : माया प्रेम तथा पति पत्नीबिच केहि विषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नु पर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहीनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

मिथुन : साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ। पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कर्कट : व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनु होला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुनेनिर्णयहरु तपार्ईँको पक्षमा नहुनेहुनालेमुद्दा हारिने सम्भावना रहेकोछ ।

सिहं : पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ। माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

कन्या : आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ। आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ। व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ। प्रतिश्पर्धिहरु ले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुने छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउँन निकैनै मिहिनेत गर्नुपर्ने छ ।

तुला : व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुने छ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिने छ । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

बृश्चिक : बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु हुने छन् । कार्यक्षेत्रमा तपार्ईँको निर्णयको उच्च कदर हुने छ । आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुने छन् । सभा सभारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले आम्दानी कास्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु : सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिने छ भने आर्थिक रुपमा सुदृड हुने समय रहेको छ । बिद्यार्थीहरुले आफ्नो प्रति स्पर्धिहरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउन सकिने हुदा आवश्यक्ताहरु परिपूर्ती हुनेछन् ।

मकर : आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइनेहुँदा कामहरु थाति रहनेछ। व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

कुम्भ : व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानीगर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानीगर्न सकिनेछ । पढाइ लेखाइ मा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जाने छ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

मीन : काम गर्ने सवालमा शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफू कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपार्ईँको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भने जस्तो आम्दानी नहुँदा चिताएको काम सम्पादन गर्न सकिनेछैन । माया प्रेममा आफ्नो मायालुसँग दुरि बढ्ने योग रहेको छ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने बिवादित बिषयहरु तपार्ईँको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुनेछ ।

तपाईको दिन शुभ रहोस् । यूवा ज्योतिषि डिपि भण्डारी, ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं फोन न.९८५१ १७८४५९, नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तु सँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनु होला ।

प्रतिक्रिया दिनुहोस्