‘मास्टर्नी’ गीत : भाषा, संस्कृति र सामाजिक मर्यादामाथि गम्भीर प्रश्न

अ+
अ
अ-

 

डा.हरिप्रसाद सिलवाल

मास्टर्नी चलचित्रका लागि बनाइएको र बजाइएको उद्घाटन गीतमैै गम्भीर खोट आएको छ । सर्वप्रथम यो गीतको नामकरण ‘मास्टर्नी’ सोेझैै गीति रचनाको लागि उपयुक्त छैन । मास्टरकी श्रीमतीलाई मास्टर्नी भनिन्छ जो अनपढ वा पढेलेखेको पनि हुनसक्छ, त्यस वर्गमा । यो कथ्य भाषा हो । यस हदसम्म यसकोे कुनै टिप्पणी हुन्न । तर यस शब्दकोे प्रयोेग र प्रयोेजनको नियतमाथि विश्लेषण गर्नुपर्छ । मास्टर श्रीमान भएपछि पढाउने पेसा नगरे पनि मास्टर्नी भन्ने विशेषतः ग्रामीण असाक्षर वर्गको तहगत मैैखिक परम्पराको शब्द होे । त्यो भाषाको व्याकरणगत ज्ञान नभएकाले मास्टर्नी भनेकोमा नियतमा खोट देखिन्न । यसकोे मानक प्रयोगमा भने फरक हुन्छ । कुनै पनि पेसामा स्त्रीलिङ्गी हुँदैैमा इकार लगाउनु पर्दैैन ।

 

डाक्टर हुन्छ, डाक्टर्नी हुँदैन । नर्स हुन्छ नर्सनी हुँदैैन । प्रध्यापक हुन्छ प्राध्यापकनी हुँदैैन । गोेठालोे हुन्छ गोेठाल्नी हुँदैैन । शिक्षक शिक्षिका हुन्छ शिक्षकनी हुँदैन । कि त योे शब्द विशेष हास्यव्यङ्ग्यको व्यङ्ग्योेक्ति भाषाको विचलन गरेको सन्दर्भमा प्रयोेग गर्दा त्यस तात्पर्यमा सही हुन्छ । सामान्य मानक बनाउनका लागि भने मास्टर र मास्टर्नी बनाउनु गलत हुन्छ । पेसा त मास्टर नै हो । मास्टर्नी गीतको सन्दर्भमा यसलाई सिकाइकोे अर्थमा लाने भन्ने कुरा जोेडिएको छ । यसमा त यसरी शब्द विचलन गरेर सिकाउँदा झन् नयाँ र अबुझ वर्गले मास्टरको मास्टर्नी हुने रहेछ भनेर गलत सिक्छन् । गलत ज्ञानको दृष्टान्त तथा नजिर बन्छ ।

 

त्यसमाथि चलचित्र ज्ञान, कला, विषय बोध र मनोरञ्जनको संयोजित निर्माण हो । यसको सम्प्रेषण तीव्र हुन्छ । यसले छिटोे समाजमा सूचना र ज्ञान सम्प्रेषण गर्छ । चलचित्रलाई केवल मनोेरञ्जनका रूपमा मात्रै हेरिएको हो भने बुझाइ नै गलत हुन्छ । चलचित्र रूपमा मनोरञ्जनको प्रस्तुति हो । सारमा यसले राष्ट्रिय, सामाजिक संस्कृतिको प्रतिविम्ब बोेकेकोे हुन्छ । यसलाई हलुका रूपमा लिनु भनेको समाजलाई नै हल्का बनाउनु हो । त्यो भने समाजका तमाम तप्का, वर्ग र समुदायकोे मानवीय संवेगमाथि नजरअन्दाज गर्नु होे, हेप्नु हो । चलचित्र युवा, वृद्ध र किशोेर वर्गका मात्रैै नभएर राष्ट्रको भाषा, संस्कृति, सामाजिक मर्यादा र नैतिक आचरणको केन्द्रमा बसेर तिनको समवेत स्वरलाई मनोेरञ्जनका माध्यमबाट बाहिर ल्याउने साहित्य सृजना हो । चलचित्र निर्माण गर्न प्राविधिक रूपमा जति खर्च, दौैडधुप र व्यवस्थापकीय जिम्मेवारीले थिचेको हुन्छ, त्योभन्दा बढी यसकोे वैचारिक पक्ष अझै विचार विमर्शको गम्भीर विषय हुनुपर्छ । चलचित्रको सार वा सन्देश के दिने भन्ने मूलभूत प्रश्नको सही उत्तर ननिकाली बनाइएको चलचित्रले दुर्घटना गराउँछ । चलचित्रकोे विचार पक्षलाई बोेक्ने एउटा बलियो पक्ष भनेको यसमा प्रयोग गरिने शीर्ष र पाश्र्व तथा सहायक गीतहरू नै हुन् । शीर्ष गीतले चलचित्रको विचार वाक्य बोेकेको हुन्छ । यसलाई प्रमुख भाव सम्प्रेषणको केन्द्रीय तन्तु मानिन्छ । यही भावलाई आङ्गिक, कायिक, वाचिक, पोेसाक, नेपथ्य, स्वर, दृश्य, रङ, स्थानगत परिवेश आदि कला संयोजनका प्रविधिकोे कुशल संयोेजनबाट चलचित्र निर्माणकोे प्रक्रिया सम्पन्न हुन्छ । चलचित्र जस्तो छोटो समयमा दर्शक, पाठकका माध्यमबाट समाजमा सूचना सम्प्रेषण हुने साहित्यको निर्माणमा सम्बद्ध विज्ञ, विषय र कलाको संयोजनकर्ता, राष्ट्रिय आकाङ्क्षा, सामाजिक मनोदशा आदिकोे बेवास्ता गरिएमा त्यसले समाजलाई अधोगतिमा लैजान्छ ।

 

चलचित्र मनोरञ्जनको विषय सस्तोे भाव, भाषा र प्रयोगका नाममा भद्दा मजाकको युक्ति प्रयोग गरिएमा यो ‘भाइरल’ बन्ने र पैसाको दास बन्ने बाटोमा जान्छ । यही नजिरमा हालै विवादमा आएको मास्टर्नी चलचित्रकोे गीतलाई लिन सकिन्छ । योे गीत रिलिज भइरहेका बेला त्यहाँ उपस्थित कलाकार र केही निकटका व्यक्तिहरू नै लाजले, डरले भाग्दैै गरेकोे, क्यामेराबाट ओेझेल परेकोे, उच्चारण गरिसकेपछि बाघै मारेकोे जस्तोे साहस बटुलेको जस्तो हाउभाउमा देएिकोे पाइन्छ । गीतको विवादबारे सम्बन्धित कलाकारहरूले जस्तो सम्झ्योे उस्तै अर्थ बुझिन्छ भनेर बचाउ गरेकोे पनि देखिन्छ । योे गणित सिकाइको विषय नै होे भनेर जिकिर गरेकोे पनि देखिन्छ । तर यसमा त्रुटि छ । दुनियाँ समाजले औँलोे उठाइसक्यो कि योे सहज र पाच्य छैैन । ट्युसन पढाउने सन्दर्भको व्याख्या र विषय गठन नै त्रुटिपूर्ण छ । यसले शिक्षा क्षेत्रकोे मर्यादा र नारी वर्गको मर्यादा साथैै पुरुष वर्गको समेत हुर्मत लिएकोे छ । नारीमाथि त हल्का मजाककोे विषय बनाएकोे छ । पढाउने विषयलाई यसरी प्रस्तुत गरेपछि यसको अल्पकालीन र दीर्घकालीन रुपमा समाजमा कस्तो प्रभाव पर्छ भनेर निर्माणकर्ताले सोचेकोे पाइन्न ।

 

योे धेरैै दुःख, पैैसाकोे लगानी र परिश्रम गरेर नै बनाएको होे । तर यसकोे सार र प्रभावले त्योे दुःख र परिश्रमकोे लगानीलाई स्वीकार गरेर यसलाई ग्रहण गर्न सक्तैन । बरु यस्तैै गलत प्रस्तुतिहरू अरू पनि के कस्ता खोेज्ने र तिनमाथि विमर्श गर्ने समय ढिलो भएको महसुस हुन्छ । हामी कस्तोे साहित्य निर्माण गरिरहेका छौैँ र समाजलाई कस्तो बनाउन चाहन्छौैँ भन्ने कुरामा यसले गम्भीर बनाएको छ । कति कति ओेरालोे यात्रामा रहेछौैँ भन्ने आफैैँले आफैैँलाई बुझ्नु पर्ने समय आएकोे छ । श्लील र अश्लील समाजले तौैल्ने कुरा होे । उही कुरा कुनैै समाजमा सही हुन्छ भने कुनैै समाजमा गलत हुन्छ । समाजको भाव र भाषाको स्तरमा जान नसक्नु नै यस गीतको ठुलोे कमजोरी देखिन्छ ।

मास्टर्नी नामक गीतमा गम्भीर त्रुटिहरू देखिए । यसकोे निर्माणमा लागेका कलाकर्मीहरूले उचित ध्यान र ज्ञान लगाएको पाइएन । यसलाई सेन्सर बोेर्डले सोेझै प्रतिबन्ध लाउनु पर्ने प्रकृतिका हाउभाउ, स्वर र नियत देखियो । चलचित्रकोे गीत मनोरञ्जनकोे केन्द्रमा रहेर सम्बन्धित चलचित्रकोे मूल भाव (थिम)लाई डोे¥याउने प्रकारको बनाउने गरिन्छ । यो चलचित्र पूरै बाहिर आएकोे अवस्था छैैन र त्यसले के कस्तो विषय र दृष्टिकोण बोेकेकोे छ त्यसलाई बुझ्न पाइएन । त्यो समग्र भाग बजारमा उद्घाटन नहुँदै गीतका माध्यमबाट विज्ञापन गर्ने उद्देश्यले बाहिर आउँदै गर्दा यस गीति अंशले व्यापक आलोचना पायो । यो आलोेचना स्वाभाविक छ । आजको समाज मध्ययुगीन छाडा मनोेरञ्जन, अति काल्पनिक जासुसी तिलस्मी आनन्द, स्वैैरकल्पना र जे आए पनि नमस्कार गरेर स्वीकार गर्ने मनोेसंरचनामा छैैन । आजको समाजमा विश्लेषण गर्ने, ठिक बेठिक भन्न सक्ने, मनमा लागेका कुरा सामाजिक सन्जालका माध्यममा व्यक्त गर्न सक्ने पहुँच र चेतना छ । जे पस्क्यो त्यही स्वीकार गरिहाल्ने पक्षमा आजकोे भावग्रहणकर्ता छैन भन्ने पनि मास्टर्नी गीतमाथिको तीव्र आलोचनाले स्पष्ट पारेको छ । यस गीतमा प्रयोेग गरिएकोे द्वयअर्थी स्वरको व्वस्थापन नै त्रुटिपूर्ण छ । साहित्यमा द्वयअर्थी प्रयोग गरी श्लेष अलङ्कार बनाउने प्रचलन छ । यसलाई स्वर र शब्दको विचलनका माध्यमबाट अर्थमा अर्थ बहुलता दिने र पाठक, दर्शक, भावकलाई मनोेरञ्जनका साथैै केही बेर सोच्न पनि बाध्य बनाउने युक्ति हुन्छ । तर यस गीतमा यसकोे प्रयोग कुरूप तरिकाले भएकोे छ ।

 

यसमा अत्यन्तै आपत्तिजनक शब्द र अर्थको द्वयअर्थी प्रयोेग गरेर भद्दा बनाइएकोे छ । परिवारमा सँगै बसेर सुन्दा हेर्दा पनि भयग्रस्त हुनुपर्ने बनाइएकोे छ । यो जानी जानी गरिएकोे पनि स्पष्ट देखिन्छ । यसले समाजलाई हेपेको अर्थमा पनि बुझिन्छ । सामान्य नैैतिकता, आचरण र शिष्टताकोे पनि ख्याल गरिएको छैैन । यस गीतका स्वर र दृश्य दुवै भद्दा छन् । यसले कुनैै सकारात्मक सन्देश दिनुको साटो नयाँ पुस्तालाई पढाउने शिक्षिका भनेको त यस्तो पोे रहेछ भन्ने गलत विम्बमा उतार्ने खतरा छ । त्योभन्दा गम्भीर समस्यामा अश्लील भाषा र भावमा देखिन्छ । यसले समाजलाई छाडा बनाउँछ । पारिवारिक, सामाजिक, सांस्कृतिक आचारसंहिताको धज्जी उडाउँछ । यसको अर्को गम्भीर त्रुटि भनेको महिलामाथिकोे विभेद होे । महिला वर्गलाई पुरुषकोे मनोरञ्जनको खेलौैनाकोे रूपमा प्रस्तुत गरिएकोे छ । नारी अस्मितामाथिकोे भद्दा प्रहारले हाम्रोे समाजलाई कति कमजोेर बनाउँछ, त्यसकोे हिसाब नै गर्न सकिन्न । अति भावुकता, कामुकता र त्यो पनि ठाडै भन्ने देखाउने त कुनै कला नैै होेइन, कलाको दुरुपयोेग मात्रै होे । यस्ता निर्माणले कलाकोे उत्कृष्ट गरिमामाथि नै आँच आउँछ । कलालाई सस्तोे, भद्दा र कुरूप बनाउने काम मास्टर्नी गीतले तल्लो स्तरमा ओेर्लेर गरेको छ । यसले सामाजिक सद्भाव र सकारात्मक संस्कारमाथि पनि धक्का लगाएकोे छ ।

 

हाम्रोे समाजमा विदेशी संस्कृतिका छाडापनकोे विकृति लामोे समयदेखि बढ्दै आएकोे छ, यसकैै निकृष्ट र कुरूप प्रदर्शन यस गीतले पनि देखाएकोे छ । हाम्रोे मौैलिकतामाथि नै धाबा बोेल्ने यस गीतका अंश र स्वरहरू कुनैै कतै पनि कला, विषय बोध र सन्देशका दृष्टिले ग्रहण योग्य छैैनन् । अलिकति बचेकोे सामाजिकता, मानवता, मर्यादा र आचरणका आदर्शहरू पनि सखाप पार्ने रीतमा यस गीतको प्रस्तुति भएकाले सम्बन्धित निकाय र व्यक्तिले यसमाथि गम्भीर हुन जरुरी छ । एउटा सम्बन्धित निकाय भनेकोे यसको भाव ग्रह्णकर्ता जो हामी हौँ यस निकायले त सन्जाल मार्फत नै भए तापनि तीव्र आलोचना गरी बहिष्कार गरिसकेको छ । अब औपचारिक निकायले पनि यसमाथि उचित अध्ययन र कदम चाल्नुपर्छ । यो गीत मात्रैै होइन अन्य यस्तैै प्रकारका गीतहरू पनि बेलाबेलामा दुर्घटित रूपमा आइरहेका छन् । तिजेली गीतका नाममा तिजकोे मौैलिकता नाश हुने गरी र अश्लील भाषामा आएका रचनाहरूलाई उचित व्यवस्थापन गर्नुपर्छ । कला उच्च स्तरकोे सृजना होे । कलाको आफ्नैै दर्शन छ । कलाकोे लामो समाजशास्त्र छ । कला चानचुने विषय होेइन । मानव जीवनका हर कार्यमा  जोेडिएकोे हुन्छ । कलालाई पेसा बनाउने बेला धेरैै ख्याल गर्नुपर्ने हुन्छ ।

 

मानिस कला पारखी, कला सर्जक र प्रेमी हो । साथैै कलाको समालोचकहरू पनि समाजका वर्ग नै हुन् । यी नकारात्मक प्रतिक्रिया पनि एक प्रकारकोे समालोचना नै हो । कलाको शास्त्रीय समालोचनामा जाने होे भने पनि यस गीतकोे आङ्गिक, वाचिक, आहार्य, दृश्य, भाव नियत, समय सन्दर्भ, विषय सन्दर्भ, चरित्र गठन, त्यसकोे विन्यास आदि कुनै पनि कोणबाट सम्यक र सन्तुलित छैैनन् । आचार्य क्षेमेन्द्रका अनुसार औचित्ययुक्त सृजना हुनुपर्छ तर यो गीत अनेक कोेणबाट औचित्यहीन छ । केवल पैैसा कमाउने र सस्तोे प्रचार वा भाइरल हुने धुनमा यस्ता गीतकोे निर्माण गर्नु भनेकोे स्वयं नेपाली चलचित्र जगत्, गीत सङ्गीत, कला साहित्यका लागि आल्मघाती गोल जस्तै हुन्छ । योे गीत बनाउने मित्रहरू पक्कैै पनि हाम्रो समाज नबुझ्ने हुनुहुन्न । हाम्रोे आदर्श र आवश्यकता उहाँहरूलाई थाहा छ । हाम्रो परम्पराका के राम्रा र के नराम्रा सबैै कुरामा जानकार नै हुनुहुन्छ । देश विदेश घुम्नु भएकोे छ । समजहरू फरक फरक हुन्छन् र समाजका संवेदनाहरू फरक फरक हुन्छन् भन्ने उहाँहरूलाई थाहा छ । चलचित्र र गीत सङ्गीतमा पनि उहाँहरूको योेगदान कम छैन । अनुभव र लगानी पनि धेरैै नैै छ । पढेर भन्दा परेर सिक्ने कुरा बढी हुन्छ । उहाँहरूलाई कसले यो सस्तोे पाराको सल्लाह दिएकोे होे र कसकोे के उक्साहटमा यस्तो गीत निर्माण गरेर सामाजिक सन्जालमै आएको होे ? योे बाहिर आउनुअघि केही परामर्श त लिनु पर्ने ? लिइएकोे हो वा उहाँहरूलाई परामर्श दिनेले पनि कतै विवेक नपु¥याएको हो ? वा कुन आवश्यकताले समाजलाई गतिहीन बनाउने गीत आयो ? अचम्म लाग्छ ।

 

उहाँहरूको विवेक र अनुभवले यसमाथि आफैैँ परिमार्जन गरी दर्शक, पाठक वा समाजका भाव ग्रहणकर्ता समग्र वर्गलाई उचित सम्बोेधन गर्नुहुन्छ भन्ने सकारात्मक आशा गर्न सकिन्छ । यो पनि एउटा पाठ वा सिकाइ होे । यसले अन्य कला क्षेत्रका सबैैलाई अझै सचेत बन्न प्रेरणा दिने छ, दिनुपर्छ, एउटा काम गलत भयो भन्दैैमा सबै यस्तैै हुन्छ भन्ने होेइन, यसबाट पाठ सिकेर राम्रो मार्गदर्शनमा लाग्नु नै मानिसकोे कर्तव्य हो । नकारात्मकबाट सकारात्मकतिर जानुपर्छ । अँध्यारोेबाट उज्योलोेतिर जानुपर्छ भन्ने वैदिक उक्तिले पनि यही सिकाउँछ ।