अ+
अ
अ-
काठमाडौं । कुवेतमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार जुलाई ३० मा भएको ड्रोन आक्रमणमा तेर्हथुमका ४४ वर्षीय सोम तामाङको निधन भएको हो। दूतावासले विज्ञप्ति जारी गर्दै तामाङको मृत्यु भएको पुष्टि गरेको छ।
दूतावासका अनुसार मृतक तामाङको पार्थिव शरीर नेपाल पठाउने तयारीस्वरूप आवश्यक समन्वय र सहकार्य भइरहेको छ।
साथै, कुवेतमा रहेका नेपाली नागरिकलाई त्यहाँको सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, सतर्क रहन तथा संयम अपनाउन दूतावासले आग्रह गरेको छ।

