हिन्दु-मुस्लिम अगुवा एकै कित्तामा

+
-

काठमाडौ । हिन्दु – मुस्लिम धार्मिक अगुवहरु एकै ठाउमा उभिएका छन् । आज रास्वपा सभापति रवि लामिछानेले दुबै धर्मका गुरुहरुलाई भेटेर छलफल गरेका थिए ।

उनिहरुले छलफल पश्चात् संयुक्त अपिल जारी गरेका छन् । अपिलमा सुनसरीको देवानगञ्जसहित मधेश प्रदेशमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी कानुनअनुसार दोषीमाथि कारबाही गर्न, पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

साथै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकलाई संयम अपनाउन, अफवाह तथा घृणात्मक अभिव्यक्ति नफैलाउन र कुनै पनि हिंसात्मक वा विभाजनकारी गतिविधिमा संलग्न नहुन अपिल गरिएको छ।

विज्ञप्तिमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न पनि आग्रह गरिएको छ।