अ+
अ
अ-
काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका जनगालस्थित साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०२–०२५ प ८३२५ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडकमा चिप्लिएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका युवकलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको ट्राफिक प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

