अ+
अ
अ-
काठमाडौं — पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा बेपत्ता भएका नेपाली आरोहीहरूमध्ये चार जनाको बेपत्ता भएका छन् ।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसम, हिमपहिरोको जोखिम तथा दुर्गम भू–भागका कारण उद्धार तथा व्यवस्थापन कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ।
उद्धार टोलीले बेपत्ता आरोहीहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ। घटनापछि नेपाल सरकार, पाकिस्तान सरकार, पाकिस्तानस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

