स्मार्ट टेलिकम प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

+
-

काठमाडौ – नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।

स्रोतका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित भनिएको अनियमितता प्रकरणमा अनुसन्धानका क्रममा भण्डारीलाई पक्राउ गरिएको हो। सीआईबीले उक्त प्रकरणमा विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

यस विषयमा सीआईबीले भने औपचारिक विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। अनुसन्धान जारी छ।