काठमाडौं । कवि हरिप्रसाद चौलागाईंको नयाँ कविता सङ्ग्रह ‘देश बाँचे म बाँच्छु’ एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ।
आइतबार आयोजित एक कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ कवि श्रीओम श्रेष्ठ ‘रोदन’, समालोचक ठाकुर शर्मा भण्डारी, साहित्यकार रामसुन्दर देउजा लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो।
कार्यक्रममा वक्ताहरूले चौलागाईंका कविताले देशप्रेम, मानवीय संवेदना, सामाजिक यथार्थ र सकारात्मक सोचलाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको धारणा राखे। उनीहरूले नेपाली कविता साहित्यमा कृतिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कवि चौलागाईंले आफ्नो सिर्जनात्मक यात्राबारे चर्चा गर्दै साहित्य समाज रूपान्तरणको सशक्त माध्यम भएको बताउनुभयो। कार्यक्रममा विभिन्न साहित्यकार, समालोचक, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

