जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिक

अ+
अ
अ-

लेखक तथा पत्रकार जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा डा. रामजी राम र लेखक सापकोटाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।

कान्तिपुर मिडिया ग्रुपमा आबद्ध पत्रकार तथा प्राज्ञिक अनुसन्धानकर्ता सापकोटा मानवीय मूल्य र नागरिक न्यायका विषयमा कलम चलाउँदै आएका छन्।

उनका यसअघि ‘जीवन कतिपय’ निबन्धसङ्ग्रहसहित ‘कहर’, ‘गैरआख्यान’, ‘नेपाली उपन्यासमा बसाइँसराइ’ र ‘दुःखदेखि दुःखसम्म’ जस्ता अनुसन्धानमूलक कृति प्रकाशित छन्।