यादव थपलियाकाे बालकथा-` लाेभी सेतेम्याउँ´
सितुको घरमा एउटा सानो बिरालो थियो । सितुका बाबाले उसको नाम सेतेम्याउँ राखिदिएका थिए । सेतेम्याउँलाई सिलुका बाबा-आमा धेरै माया गर्नुहुन्थो । सितु पनि सेतेम्याउँसँग खेल्न पाउँदा निकै खुसी हुन्थिन् ।
सितु नर्सरीमा पढ्छिन् । उनी बिहान नाम खाईवरी स्कुल जान्छिन् । उनी स्कुल जाँदा बाबा अफिस जानुहुन्छ । दिनभरि घरमा सिलुकी आमा र सेतेम्याउँ मात्रै हुन्छन् । सितु नहुँदा आमा र म्याउँ दुवैलाई नरमाइलो लाग्छ । सिलुकी आमा म्याउँलाई काखमा राखेर मुसार्छिन् । म्याउँ पनि आमालाई माया गर्दै मुखै चाटिदिन्छ । दुवै टिभी हेर्छन ,आँगनमा उफ्रिउफ्री खोल्छन् । तीन बजेपछि दुवै नजिकैको स्कुलतिर सिलुलाई लिन जान्छन् ।
सितु निकै चञ्चल छिन् । उनी खाना खान त्यति मन गर्दिनन् । आमाले उनलाई खाना खुवाउन निकै कर गर्नुपर्छ । फकाउनुपर्छ। अनेक खानेकुरा र खेल्नेकुरा किनिदिने वाचा गर्नुपर्छ । अनि मात्र सितु खाना खान तयार हुन्छिन् । सेतेम्याउँ भने ग्वामग्वाम माम खान्छ । सुरूम्प बुबु पिउँछ । अनि म्याउँ गर्दै दुगुर्छ। ऊ निकै बलियो र फूर्तिलो छ । सिलु भने दुब्ली र ख्याउटी छिन् ।
सेतेम्याऊँ निकै लोभी पनि छ । सिलु बाबाले ल्याइदिएको खानेकुरा सबै आफैले खान पाए हुन्थ्यो भन्ने गर्छ । सेतेलाई बुबु पनि सबै आफैले मात्र पिउन पाए हुन्थ्यो भन्ने लाग्छ । सिलुले खाना खान मन नगरेको देख्दा ऊ खुसी हुन्छ । आफू खाइसकेपछि पनि ऊ सितुले खाइरहेको हेरेर बसिरहन्छ ।
सिलुका बाबाआमा सेतेम्याऊँलाई पनि उत्तिकै माया गर्छन् । खानेकुरा दुवैलाई बाँडेर दिनुहुन्छ । सेतेकी आमा बिराली ऊ सानै छँदा मरेकीले टुहुरो सम्झेर सितुकी आमाले माया गरी पाल्नुभएको थियो । सेतेलाई निकै पुल्युलाएर पालेकाले ऊ पनि आफूलाई त्यो घरको छोरो झै सम्झन्छ ।
एक दिन सिलुलाई लिएर बाबाआमा बाल उद्यानतिर जान्छन् । घरमा सेतेम्याऊँ एक्लै हुन्छ । ऊ कहिले तल, कहिले माथि, कहिले किचेन, कहिले बेडरूमतिर दगुरिरहन्छ । केहीबेरपछि उसलाई भोक लाग्छ । उसले भान्छाकोठामा कुँडेमा छोपेर राखेको बुबु देख्छ ।
‘आहा । यो बुबु खान पाए हुन्थ्यो । फेरि सिलुका बाबाआमाले गाली पो गर्ने हुन् कि ? सेतेले मनमनै सोच्छ ।
सेतेम्याऊँको मनमा भोक र लोभ एकैचोटि जागेर आउँछ । ‘आ, जेसुकै होस्, यो बुबु खाइदिन्छु भनेर उसले एकैसासमा सप्पै बुबु स्वात्तै पारेर पिइदिन्छ ।
बेलुका सिलु र उनका बाबाआमा घर फर्कन्छन् । सिलु भोक र थकाइले लखतरान भएकी हुन्छिन् ।
‘आमा ! बुबु खाने भन्दै सिलु कराउन थाल्छिन् ।
एकछिन पख है नानु भनेर आमाले उनलाई बुबु दिन खोज्दा त कुँडे रित्तै हुन्छ । उनी सेतेलाई बोलाउँछिन् र सोध्छिन्, ‘सेते । यो बुबु सप्पै खाइदिएको ?
सेतेम्याऊँ चुपचाप बसिरहन्छ । केहीबेर गाली गरेर सिलुकी आमा खाना पकाउन थाल्नुहुन्छ ।
अर्को दिन पनि सेतेले यसरी नै बुबु खाइदिन्छ । अब उसलाई कोही नभएको मौकामा बुबु चोरेर खाने बानी नै लाग्छ । बुबुमात्र होइन, ऊ कहिलेकाहीँ भान्सामा बाँकी रहेका अन्य खानेकुरा पनि चोर्न पल्कन्छ । सिलुकी ममीले कतिपटक गाली गरिन् ।कतिपटक कुटिन् । तर सेतेको लोभी र चोर्ने बानी हट्दैन ।
सिलुकी आमालाई हैरान लाग्यो ।
‘अब के गर्ने होला ? एक मनले त सेतेम्याऊँलाई पर कतै लगेर छाडिदिऊँ जस्तो लाग्छ । अर्को मनले मान्दैन । यो टुहुरोले फेरि कसरी जिन्दगी बिताउँछ ? फेरि सिलुलाई खेल्ने साथी पनि त हुँदैन सोच्दासोच्दै आमाले एउटा उपाय निकाल्नुहुन्छ ।
एक दिन सिंलुकी आमा कुँडेमा बुबु राखेर घरबाहिर जानुहुन्छ । दिउँसो सेतेलाई भोक लाग्छ । ऊ. सदाझै भान्छाकोठातिर लाग्छ । अनि बुबु पिउन थाल्छ । सेतेले बुबु स्वाट्ट के पारेथ्यो । उसको मुख पिरोले पोल्न थाल्यो । ऊ म्याउँम्याउँ गर्दै चिच्याउन थाल्यो। पिरोले उसको मुखदेखि पेटसम्म टट्याउन थालेपछि ऊ बेस्मारी उफ्रन थाल्यो। उसलाई छटपटी भयो। पिरोले आँखाबाट आँसु निस्कियो ।
यत्तिकैमा सिलुकी आमा आइपुग्नुभयो । सेतेको चाला उहाँले केही बेर उभिएरै हेरिरहनुभयो ।
सेतेम्याऊँ दौउँदै आमाछेउ गयो। अनि केही नबोली हेरिमात्र रह्ये। सिलुकी आमाले सेतेको आँखामा देखिन्- ऊ पिरोले जलिरहेको थियो। सिलुको बुबु चोरेर खाएकोमा सेते पछुतो पनि मानिरहेको थियो ।
आमा हत्तपत्त किचनमा जानुभयो। कचौरामा घिउ लिएर आउनुभयो। सेतेग्याउँले छिटोछिटो घिउ चाट्यो। बिस्तारै पिरो कम हुँदै गयो ।
सितुकी आमाले उसलाई काखमा लिनुभयो। अनि मुसार्दै भन्नुभयो, ‘देख्यौ त ? लोभले लाभ, लाभले विलाप भनेको यही हो। अबदेखि अरूको खानेकुरामा लोभ नगर । चोरेर कहिल्यै नखाऊ ल ?
सेतेले टाउको हल्लाएर हस् भन्ने सङ्केत दियो। सिलु भने यो सबै हेरेर बसिरहेकी थिइन् । सेते फेरिएकोमा सिलु मुसुक्क हाँसिन् । सेतेम्याउँ उफ्रिदै उनको गोडामा लुटपुटिन गयो ।
۵۵۵


