काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित काव्यगोष्ठी तथा अग्रज कवि पूर्णविराम विशेष कविता वाचन, प्रतियोगिता, सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंको बागबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. माधवप्रसाद पोखरेलले कविता प्रतियोगितामा प्रथम स्रष्टा अल्फि फाेहेन फाक्लुप्पा पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो।
प्रतिष्ठानले विगत १२ महिनादेखि प्रत्येक महिना आयोजना गर्दै आएको कविता वाचन प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट कविहरूमध्येबाट अन्तिम चरणमा उत्कृष्ट ठहरिएका कविलाई नगद पुरस्कार तथा प्रशंसापत्रसहित सम्मान गरिएको हो।
कार्यक्रममा स्रष्टा विशेषका रूपमा नवराज उत्साहीले आफ्ना आधा दर्जन उत्कृष्ट रचना वाचन गर्नुभएको थियो। साथै सहभागी कविहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई अग्रज कवि पूर्णविराम विशेषसमेत बनाइएको थियो। कार्यक्रममा अधिकांश कविहरूले पूर्णविरामद्वारा लिखित कविता वाचन गरेका थिए। उहाँका ‘लड्न जन्मेकाहरू’, ‘गोविन्दले ठीक भन्यो’ तथा ‘पौवाकि पौवाली’ कविता सङ्ग्रहबाट फरकफरक कविता वाचन गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. माधवप्रसाद पोखरेलले कवि पूर्णविरामको साहित्यिक योगदान, लेखन र व्यक्तित्वका बारेमा चर्चा गर्दै उहाँका रचनाको महत्वमाथि प्रकाश पार्नुभएको थियो।
नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव युवराज नास्तिकले संचालन गर्नुभएको थियो। कवि शिवहरि पाण्डेले एक वर्षसम्म सञ्चालन भएको कविता वाचन तथा प्रतियोगिताको प्रक्रिया, सहभागी छनोट र मूल्याङ्कनबारे जानकारी दिनुभएको थियो।
त्यसैगरी प्रतिष्ठानका सचिव माधव अटलले कवि पूर्णविरामको कविता वाचन गर्नुभएको थियो भने कार्यसमिति सदस्य गंगा खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा कविहरू सुशीला शर्मा, सुजता अबिरल, रामदेव पाण्डे, केशव घिमिरे, बलराम बिष्ट, नवीन पल्लव, दीपक भेटवाल, टी.एन. विश्वमित्र, मिशन अधिकारी, खडानन्द तिमल्सिना, कृष्ण बाउसे, राजाराम राउत, गोपालकुमार मैनाली, लिलाराज दाहाल, मुराहरी रायमाझी, कुलमान घिमिरे, कुलराज घिमिरे, राजेन्द्र सुवेदी, चेवन बस्नेत, सरस्वती चिमौरिया, जयराम भण्डारी, सञ्जय सुती, रुबी सत्याल, रचना तिमल्सिना, कमला पहाडी, दुर्गा घिमिरे, यम ज्योति, पदम दाहाल, तिलप्रसाद न्यौपाने, मनाेज जोशी लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो।


