लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

+
-

पथरी / प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगिताकाे बिहिबार भएकाे खेलमा लेटाङ भेट्रानलाई हराउदै ए पि एफ दाेस्राे चरणकाे यात्र तय गरेकाे छ। बिभागिय टाेलि ए पि एफ पकली र लेटाङ भेट्रान बिच भएकाे निकै अाक्रमक खेलमा ए पि एफका टीकाराम बिकले पहिलाे हाफकाे १२ अाैं मिनेट गाेल गर्दै अग्रता लिएका थिए । खेलकाे २३ अाैं मिनेटमा पुर्ण टिकाराम बिकले अर्काे गाेल गर्दै २ गाेलकाे अग्रता दिलाए । लेटाङ भेटानकाे ब्याक डिफेन्डरकाे कमजाेरीकाे मैका उठाउदै ए पि एफ का टिकाराम बिककाे दुई गाेल गर्न सफल भए उनले गरेकाे २ गाेल नै जितका लागि काफि भयाे ।लेटाङ भेट्रानले पहिलाे हाफकाे ३५ अाैं मिनेटमा कप्तान बिनाेद लामाले गाेल गरे पनि जित दिलाउन सकेन्न । दाेस्राे हाफमा निकै राम्राे प्रदशन गरेकाे लेटाङलाई बिभाग्य टाेली ए पि एफले एक पछि अर्काे फल गरे पछि ए पि एफका २ खेलाडी उतम कार्की र बिनाेद लाेप्चनले पहेलाे कार्ड पाए । खेलको म्यान अफ द म्याच ए पि एफका लागि २ गाेल गर्ने टिकाराम बि क घाेषित हुँदै नगद २ हजार प्रापत गरे ।
भाेलिकाे शुक्रबार हुने अन्तिम प्रिक्वाटर खेल तेह्रथुम भेट्रान र अायाेजक अमरदह भेट्रान बिच हुनेछ । ३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ। अमरदह ढल्के जाेवनकाे अायाेजनामा भएकाे प्रतियाेगिता सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेकाे बिरेन्द्र सावर्जनीक मा. वीकाे खेल मैदानमा बैशाख २१ देखि सुरु भई जेष्ट ७ गते सम्म सन्चालन हुदैछ ।