अ+
अ
अ-
एजेन्सी । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल अमेरिकाको कान्सास सिटीस्थित स्टेडियममा शनिबार (स्थानीय समय) तथा नेपाल समयअनुसार आइतबार बिहान हुनेछ।
अर्जेन्टिनाको नेतृत्व कप्तान लियोनल मेसीले गर्नेछन्। उत्कृष्ट लयमा रहेका मेसी यस विश्वकपमा गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् भने फ्रान्सका केलियन एम्बाप्पेसँग उनको कडा प्रतिस्पर्धा छ ।
७२ वर्षपछि क्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्ड इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रिएकाे छ। स्विस खेलाडीहरूले मेसी विश्व फुटबलका खेलाडी भए पनि अर्जेन्टिनालाई रोक्ने प्रयास गर्ने छन् । कप्तान ग्रानिट झाका टोलीको लक्ष्य सेमिफाइनलकाे लक्ष्य पूरा गर्ने रहेको छ।

