अ+
अ
अ-
काठमाडौँ,१५ माघ । बागलुङको उच्च पहाडी भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो लागेको छ ।

जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन, गाजाको दह, थामाको नेटा, निसी, तमान, ताराखोला, घुम्टेलगायत स्थानमा बाक्लो हिमपात भएको छ । हिमपातपछि रमाइलो गर्न दैनिक सयाँैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइमा नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यका र थामाको नेटा परेको छ ।


