सुनको भाउ तोलामै ६ हजार बढ्यो, ३ लाख ७ हजार नाघ्यो

अ+
अ
अ-

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार चाँदीको मूल्य प्रतितोला १ सय १० रुपैयाँले वृद्धि भएको हो।