अ+
अ
अ-
एआई तस्बिर
काठमाडौं । जाजरकोटमा आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको ४.१ म्याग्निच्युड मापन गरिएको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिबारे भने तत्काल कुनै विवरण प्राप्त भएको छैन।


