क्षतिपूर्ति, रोजगारी र उपचारको माग गर्दै मृतकका आफन्तले शव बुझ्न मानेनन्

अ+
अ
अ-

मकवानपुर । भीमफेदी गाउँपालिकामा बिहीबार भएको विद्युतीय सवारी (ईभी) दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था गर्न माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्

दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन्।

मृतकका आफन्तले पीडित परिवारलाई उचित क्षतिपूर्ति, रोजगारीको व्यवस्था तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन्। माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान उनीहरूले लिएका छन्।