सुनकोसीमा हाम्फालेका वृद्ध दम्पतीमध्ये तिलकुमारीको शव फेला

अ+
अ
अ-

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोसी नदीमा बुधबार साँझ हाम्फालेका वृद्ध दम्पतीमध्ये तिलकुमारी पराजुलीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार तिलकुमारीको शव ओखलढुङ्गाको सीमाना नजिकै सुनकोसी नदीअन्तर्गत सुनकोसी गाउँपालिका–१ क्षेत्रमा फेला परेको हो।

सुनकोसी नदीमा शव फेला परेपछि प्रहरीले शवको पहिचानका लागि परिवारलाई तस्वीर पठाएको थियो। परिवारले तस्वीरका आधारमा शव तिलकुमारी पराजुलीको भएको पुष्टि गरेको प्रहरीले जनाएको छ।

उनका श्रीमान् केदारनाथ पराजुलीको भने अवस्था अझै अज्ञात रहेको छ। प्रहरीले केदारनाथको खोजी कार्य जारी रहेको जनाएको छ।