अ+
अ
अ-
काठमाडौं। प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिले कार्कीसहित निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
समितिले सुनुवाइ सम्पन्न गरेपछि संसदीय सुनुवाइ सम्बन्धी नियमावली, २०७१ को नियम २६ को उपनियम (५) बमोजिम उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति बाेध नारायण श्रेष्ठले जानकारी दिए।
यसअघि प्रमुख निर्वाचन आयुक्तसहित पाँच सदस्यीय रहने निर्वाचन आयोगको संरचना कानुनी संशोधनमार्फत परिवर्तन गरी एक प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त रहने व्यवस्था गरिएको छ।
अब संसदीय समितिबाट अनुमोदित नामहरू संवैधानिक परिषद्को सिफारिसअनुसार नियुक्ति प्रक्रियामा अघि बढाइनेछ।


