राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सर्वदलीय बैठकबारे जानकारी

अ+
अ
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ।

बुधबार राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनापछि विकसित परिस्थितिलगायतका विषयमा छलफल गर्नुभएको हो।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटका क्रममा सभापति लामिछानेले सुनसरी घटनाका विषयमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकबारे पनि राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र शान्ति तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा समेत कुराकानी भएको राष्ट्रपति सचिवालयले जनाएको छ।