अ+
अ
अ-
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ४४ हजार ७ सय ७० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ।
यता चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला १ सय ५५ रुपैयाँले घटेर ४ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

