अ+
अ
अ-
काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रलाई नाफामुखी होइन, गुणस्तरीय र सेवामुखी बनाउन माग गर्दै डाक्टर गाेविन्द के. सि.ले धनगढीबाट सत्याग्रह सुरु गरेका छन् । उनले विज्ञप्ति मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को पूर्ण कार्यान्वयन, चिकित्सा शिक्षामा निजी स्वार्थ र व्यावसायीकरण नियन्त्रण, मापदण्डअनुसार सञ्चालन तथा सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न माग गरेका छन।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ गर्न चिकित्सा शिक्षा र स्वास्थ्य संस्थाहरूको प्रभावकारी सञ्चालन आवश्यक रहेको उल्लेख गर्दै मेडिकल विश्वविद्यालय स्थापना गर्दा पारदर्शिता, योग्यता र सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्ने बताइएकाे छ। त्यस्तै, नियामक निकाय, विश्वविद्यालय र मेडिकल कलेजबीच देखिएको स्वार्थको द्वन्द्व अन्त्य गरी चिकित्सा शिक्षालाई राजनीतिक तथा व्यावसायिक प्रभावबाट मुक्त राख्नके.सि. काे माग छ।
ज्ञापनपत्रमा चिकित्सा शिक्षाको सुधारका लागि आवश्यक कानुनी व्यवस्था कार्यान्वयन, मापदण्डविपरीतका गतिविधि रोक्न र स्वास्थ्य सेवामा नागरिकको पहुँच तथा गुणस्तर सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।

