अ+
अ
अ-
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सांसद ज्ञानेन्द्र शाही प्रती लक्ष्यित गर्दै मध्यरातमा फेसबुक लाइभमार्फत देश र नेपाली जनताप्रति अपमानजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा देश र जनताको हितविपरीत गतिविधि गर्न नहुने बताएका छन्।
उनले लेखेका छन्, “मध्यरातमा फेसबुक लाइभ आएर सिङ्गो देश र नेपाली जनतालाई कमजोर बनाउने? यस्तो हर्कत कुनै निच व्यक्तिले पनि गर्दैन। देशमा लोकतन्त्र छ र हामी जनताको सरकार चलाइरहेका छौँ, त्यसैले सबैले बोल्न पाउने अधिकार छ। तर अभिव्यक्ति स्वतन्त्रताको अर्थ देश र जनताको हुर्मत लिनु होइन।”
शाहले जनता नै सर्वोच्च रहेको उल्लेख गर्दै समय आएपछि जनताले सबैको मूल्यांकन गर्ने बताएका छन्। “जनताभन्दा माथि कोही छैन। समय बलवान् छ। जनताले हिसाब राखेका छन् र समय आएपछि सही कारबाही कसरी गर्नुपर्छ भन्ने जनतालाई राम्रोसँग थाहा छ,” उनले उल्लेख गरेका छन्।


