अ+
अ
अ-
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २५ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेको संख्या अझ बढ्न सक्ने भन्दै प्रहरीले यकिन विवरण संकलन भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार बा ३–००१ ख ७१ नम्बरको बस सर्लाहीबाट काठमाडौं आउँदै थियो भने काठमाडौंबाट दाङतर्फ जाँदै गरेको अर्को यात्रुवाहक बससँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा दाङतर्फ जाँदै गरेको बसका चालक गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, शनिबार राति जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र सडक जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न सर्वसाधारणलाई विज्ञप्तिमार्फत आग्रह गरेको थियो। सोही सूचनापछि केही समयमै उक्त


