अ+
अ
अ-
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार धादिङलगायतका छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा जारी रहने र पानी पर्ने क्रम अझै बढ्ने मौसम पूर्वानुमानका आधारमा यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै उक्त निर्णय गरिएको हो ।
प्रशासनले यात्रु तथा सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। थप जानकारी, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरीलाई १००मा, सशस्त्र प्रहरी बललाई १११४ र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा DEOC-१२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

