काठमाडौं । मानसिक रूपमा बलियो हुनाले चुनौतीपूर्ण परिस्थितिमा पनि धैर्य, आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न सक्षम बन्न मद्दत गर्दै छ। दैनिक जीवनमा केही सकारात्मक बानी अपनाएर मानसिक स्वास्थ्यलाई थप मजबुत बनाउन सकिने मानसिक स्वास्थका क्षेत्रमा कार्यरतहरु बताउँछन् ।
मानसिक रूपमा बलियो बन्न अपनाउनुपर्ने केही उपायहरु:विचार नियन्त्रण-नकारात्मक सोचलाई हावी हुन नदिनु,स्वीकार्यता-बदल्न नसकिने कुरालाई स्वीकार गरी समाधानमा ध्यान दिनुपर्छ।
यस्तै गल्तीबाट सिकाइ-गल्तीलाई अनुभवका रूपमा लिएर सुधार गर्नु सफलताको अर्काे पाटाे हो । शान्त स्वभाव-कठिन परिस्थितिमा पनि संयम र धैर्य कायम राख्न पर्छ भने अनुशासित दिनचर्या-नियमित र व्यवस्थित जीवनशैली अपनाउनुका साथै सकारात्मक संगत- प्रेरणादायी र सकारात्मक व्यक्तिहरूसँग समय बिताउनु हो ।
आत्मनिर्भरताले अरूको प्रशंसाभन्दा आफ्नै क्षमतामा विश्वास पुर्याउँछ र कुनै पनि कामलाई निरन्तरत हार नमानी लक्ष्यतर्फ निरन्तर अघि बढ्नु सफलताकाे संकेत हो । यसले मानसिक स्वास्थ्य राम्रो भएमा तनाव व्यवस्थापन, निर्णय क्षमता र जीवनप्रतिको सकारात्मक दृष्टिकोण पनि सुदृढ हुँदै जान्छ ।


