अ+
अ
अ-
काठमाडौं । आज वि.सं. २०८३ साल असार ३०गते असार महिनाको पहिलो मंगलबार परेको छ। पञ्चाङ्गअनुसार आज कृष्ण पक्षकाे अौसी तिथि हो । पुनर्वसु नक्षत्र र ध्रुव व्याधाती याेग र चन्द्रमा मिथुन राशीमा रहेको छ।
हिन्दू धर्मावलम्बीहरूका लागि मंगलबार भगवान् हनुमानकाे आराधनाका लागि अत्यन्त शुभ र पुण्यदायी मानिन्छ। राम मन्दिरमा तथा मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।
मंगलबार पवित्र बारका रूपमा लिइन्छ। विशेषगरी मंगलबार व्रत बसी श्रद्धापूर्वक हनुमानको पूजा–आराधना गर्नाले शक्ति प्राप्त हुने,उर्जा बढने,मनोकामना पूरा हुने, स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने तथा ग्रहदोषबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ।


