काठमाडौ । आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल असार २८ गते, आइबार हो । आज कृष्ण द्वादशि, राेहिणी नक्षेत्र, वृद्धि योग र चन्द्रमा वृष राशिमा रहेको दिन परेको छ।
धार्मिक मान्यताअनुसार आइतबारलाई सूर्यदेवकाे बार भनिन्छ ।सूर्यलाई ताप,शक्ति र तेज र उन्नतिको प्रतीक मानिन्छ। यस दिन विशेष रूपमा सूर्यदेवकाे पूजा–आराधना गर्ने परम्परा छ ।
यस्तै आज प्रदाेष व्रत पनि परेको छ। प्रदोष व्रत हिन्दू धर्ममा भगवान् शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिने व्रत हो। प्रदोष भनेको दिन र रातको बीचको पवित्र सन्ध्याकाल हो। यस समयमा भगवान् शिवको विशेष पूजा–आराधना गरिन्छ।
शिवजीलाई प्रिय मानिने बेलपत्र, चन्दन, धूप, दूध, दही, घिउ, मह तथा अन्य नैवेद्य अर्पण गरी श्रद्धा, भक्ति र प्रेमपूर्वक पूजा गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार प्रदोष व्रतको पालन र भगवान् शिवको आराधनाले महादेव प्रसन्न भई भक्तजनका पाप तथा दोष क्षय हुने, जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा श्रद्धा र भक्ति अझ प्रगाढ हुने विश्वास गरिन्छ


