तपाईंको ग्रहमा शनि खराब छ,पूजा गरे मिल्छ शान्ति

अ+
अ
अ-

आजको पंञ्चाङ्ग, शनिदेवकाे पुजा गरे मिल्छ शान्ति

काठमाडौ । आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल असार २७ गते, शनिबार हो । आज कृष्ण नवमी कृतिका नक्षत्र, गण्ड योग र चन्द्रमा वृष राशिमा रहेको दिन परेको छ।

धार्मिक मान्यताअनुसार शनिबारलाई शनिदेवकाे बार भनिन्छ । शनिलाई न्याय, श्रद्धा,भक्ति र समानता उन्नतिको प्रतीक मानिन्छ। यस दिन विशेष रूपमा पिपलकाे पूजा–आराधना गर्ने परम्परा छ साथै शनि संकटाकाे माेचन गर्नाले  गर्दा मनमा शान्ति, प्रेम तथा सद्भाव बढ्ने विश्वास गरिन्छ।

भक्तजनहरू बिहानै घरमा तथा मन्दिरमा गई  विशेष पूजा, अभिषेक तथा आराधना गर्छन्। शनिलाई धूप, दीप, फूल, फल र प्रसाद साथै फलाम ,कालाे मास- तिल र कालाे कपडा अर्पण गर्ने चलन पनि छ।

ज्योतिषीय दोष भएका व्यक्तिहरूले आजको दिन विशेष रूपमा पूजा–जप तथा दान गर्ने परम्परागत धार्मिक विश्वास छ।