गृहमन्त्रीकाे संसदमा जवाफ :-ट्राफिक प्रहरीले मोटरसाइकलमा लक लगाएको होइन

अ+
अ
अ-

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्युबारे संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका छन्।

प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले घटनाबारे सरकारको जवाफ मागेपछि गृहमन्त्री गुरुङले सरकारले गणेश नेपालीको ज्यान बचाउन हरसम्भव प्रयास गरेको भए पनि सफल हुन नसकेको बताएका हुन्।

उनले घटनालाई लिएर तीन तहका सरकारको जिम्मेवारीबारे पनि चर्चा गर्दै स्थानीय तहको सरकार कसको नेतृत्वमा रहेको हो भन्ने प्रश्न विपक्षी सांसदहरू माझ उठाए।

गृहमन्त्री गुरुङले गणेश नेपालीको मोटरसाइकलमा संघीय सरकारअन्तर्गतको ट्राफिक प्रहरीले लक नलगाएको स्पष्ट पारे। उनका अनुसार महानगरपालिकाका नगर प्रहरीले महानगरले लागू गरेको नियमअनुसार आवश्यक कारबाही गरेका हुन्।

यता, गणेश नेपालीको मृत्युको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले सरकारसँग घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।