अ+
अ
अ-
काठमाडौं । मुगु जिल्लाको सोरु गाउँपालिकाका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारकाे क्रमम मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
नेपालीको मृत्युपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गर्दै आन्दोलन सुरु गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। आफन्तका अनुसार नेपाली किस्तामा मोटरसाइकल खरिद गरी राइडिङ सेवा सञ्चालन गर्दै आएका थिए।
बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै ट्राफिक प्रहरीले १० हजार रुपैयाँ जरिवानाको चिट काटेपछि उनी मानसिक तनावमा परेका थिए । त्यसलगत्तै उनले राहदानी विभाग अगाडि आत्मदाह गरेको आफन्तको भनाइ छ। आफन्तले घटनाका लागि ट्राफिक प्रहरीलाई जिम्मेवार ठहर गर्दै आवश्यक कानुनी कारबाहीको माग गरेका छन्। ।


