पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ कार्ययोजना

+
-

 

काठमाडौं । धितोपत्र बोर्डले नेपालको पूँजी बजारको विकास र सुधारका लागि नयाँ कार्ययोजना तयार गरी तत्काल कार्यान्वयनमा लैजाने तयारी गरेको छ। बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै ,पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन विभिन्न नीतिगत तथा कानुनी सुधार अघि बढाउने उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया, धितोपत्र ऐन, कम्पनी दर्ता तथा सूचीकृत संस्थासम्बन्धी अनुशासन निर्देशिकालाई कानुनी रूपमा थप व्यवस्थित गर्ने तयारी गरिएको छ।

बोर्डले पूँजी बजारमा देखिने अफवाह र भ्रामक सूचनाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गर्दै तथ्यमा आधारित, संयमित र सुरक्षित लगानी गर्न अनुरोध गरेको छ। साथै, बजारको दीर्घकालीन विकास, लगानीकर्ता संरक्षण तथा नियामकीय व्यवस्था थप प्रभावकारी बनाउने उद्देश्यका साथ सुधारका कार्यक्रम अघि बढाइने बोर्डले जनाएको छ।