अ+
अ
अ-
किवी एक फल हो । किवी फलको विकासको लागि नेपाल सरकारले दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोचमा विरुवा उत्पादन गर्न थालेको छ । किवी फलको व्यवसायीकरणकै लागि हेस्टी किवी प्रा.लि.ले पूर्वी नेपालमा यस फलको अत्याधिक उत्पादन, प्रशोधन र बिक्रीवितरण गरेको पाइन्छ ।
किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ । त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन् । यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ । यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ ।
यस फलबाट हुने फाइदाहरु ,छाला स्वस्थ: यस फलमा रहेको कोलाजिन तत्व जसमा भिटामिन सी हुन्छ । यो तत्वले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको र चुरोटको सेवनले चाउरिएको छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ । राम्रो निन्द्रा : एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युट्रेसनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार वृद्ध अवस्थामा निदाउने समस्या भएमा यसको सेवनले राम्रो निन्द्रा लाग्छ । मुटुको स्वास्थ्यमा लाभ : यसमा हुने फाइबर घटाइदिन्छ । यसले गर्दा मुटुको रोग लाग्न पोटासियमले शरीरमा सोडियमको मात्रा पाउँदैन। एक अध्ययनअनुसार जसले दैनिक गर्छन्, उनीहरू आकस्मिक मुटुरोगको मृत्युबाट चार हजार ६९ मिलिग्राम पोटासियम सेवन जोगिन्छन् । मिर्गौलाको पत्थरी हटाउँछः भोजनमा बढी मात्रामा पोटासियम समावेश गर्नेहरूलाई मुटुरोगको जोखिम कम हुन्छ । यसका साथै हुनबाट रोकथाम गर्छ। यसका साथै हड्डीमा यस फलले शरीरमा हुने विभिन्न ट्युमर उत्पत्ति मि हुने खनिज घनत्वको समस्याबाट पनि बचाउँछ र मिर्गौलामा आउने पत्थरीलाई फुटाउँछ । उच्च रक्तचाप घटाउँछः यो फलमा हुने उच्च पोटासियमको मात्राले उच्च रक्तचापलाई घटाउँछ । तर यसमा रहेको सोडियमको मात्रा उच्च रक्तचापका लागि जोखिम मानिन्छ । कब्जियत हटाउँछः एक अध्ययनअनुसार किबी फलमा हुने लाक्जाथिटको मात्राले कब्जियत हुन दिँदैन । नियमित यो फलको सेवन गर्नेहरूमा नरम तथा नियमित दिसा हुने गरेको पाइएको छ ।
किबीमा पाइने पोषण तत्वहरू, क्यालोरीः ४२ ग्राम प्रतिगोटा,प्रोटिनः ०.८ ग्राम,चिल्लोको मात्राः ०.१ ग्राम,फाइबरः १ ग्राम,भिटामिन सीः ३ माइक्रो ग्राम,आइरनः ०.२ मिलिग्राम,फोलेटः १७ माइक्रो ग्राम किबी फल कसरी तपाईको भोजनमा समावेश गर्ने ? यो फल सलादको रूपमा खान सकिन्छ । यसलाई लस्सी बनाएर पनि सेवन गर्न सकिन्छ । किबी सेवन गर्ने तरिका :-एउटा किबी काट्नुहोस्, आधा अनुहारमा पातलो पारेर दल्नुहोस् बाँकी भाग खानुहोस् । यसले छालामा प्राकृतिक सुन्दरता छाउनेछ । किबीलाई भुइँकटहर, आँप र स्ट्रबेरीसित मिलाएर पनि खान सकिन्छ । काटेको किबीको माथिल्लो भागमा मह दली स्वादिलो बनाउन सकिन्छ । किबीको जुसमा स्याउ तथा नास्पाती तथा पालक मिसाएर पनि खान सकिन्छ । किबीलाई लस्सी बनाएर गर्मी मौसममा खाजासित खान सकिन्छ । साभार:-( दिव्य सन्देश)


