काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले काभ्रेपलाञ्चोक पाँचखालकि बालिका मैना सुनुवार र रोशी गाउँपालिकाका अर्जुन लामाको हत्या प्रकरणबारे संसदीय समितिमा प्रश्न उठाउनुभएको छ ।
उहाँले कानुन,न्याय तथा मानव अधिकार समितिमा यी दुवै घटनाको छानबिनको वर्तमान अवस्था के छ भन्ने विषयमा स्पष्ट जानकारी माग गर्नुभएको हो ।
सांसद मैना सुनुवार हत्या प्रकरणमा तत्कालीन नेपाली सेनाका केही व्यक्तिको संलग्नता रहेको तथा अर्जुन लामा हत्या प्रकरणमा माओवादी नेता तथा पूर्वसभामुख अग्नि सापकोटाको संलग्नताबारे विभिन्न समयमा सार्वजनिक भएका सूचनालाई गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
सांसद चौलागाईंले भन्नू भयो ,“महिना सुनवार हत्या प्रकरणमा संलग्न रहेको भनिएका सैनिक अधिकारीहरू हाल विदेशमा रहेको छन् । अर्जुन लामा हत्याका दाेषी यतै कतै छन् । तर यस विषयमा आयाेगले के गरिरहेकाे छ।´´ उनीहरूको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगलाई जानकारी छ वा छैन भन्ने प्रश्न समेत उठाउनुभयो ।
उहाँले राष्ट्रिय मानवअधिकार आयोग तथा सम्बन्धित निकायलाई निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न आग्रह गर्नुभएको छ ।


