अ+
अ
अ-
काठमाडौं। बालमन्दिरको जग्गा भाडा सम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूको नाम र परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन। सीआईबीका एक अधिकारीले बालमन्दिरको जग्गा भाडा सम्बन्धी विवादमा तीन जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


