अ+
अ
अ-
काठमाडौ । आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल असार २५ गते, बिहीबार हो । आज कृष्ण नवमी आश्विनी नक्षत्र, सुकर्मा योग र चन्द्रमा मेष राशिमा रहेको दिन परेको छ।
धार्मिक मान्यताअनुसार बिहीबारलाई श्रद्धा, भक्ति र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ। यस दिन विशेष रूपमा भगवान विष्णु लक्ष्मीको पूजा–आराधना गर्ने परम्परा छ। विष्णु लक्ष्मीकाे पूजा गर्दा मनमा शान्ति र पारिवारिक प्रेम तथा सद्भाव बढ्ने विश्वास गरिन्छ।
भक्तजनहरू बिहानै घरमा तथा मन्दिरमा गई विशेष पूजा, अभिषेक तथा आराधना गर्छन्। साथै लक्ष्मी नारायणकाे व्रत बसेर धूप, दीप, फूल, फल र प्रसाद अर्पण गर्ने चलन पनि छ।
लक्ष्मी- नारायणलाई श्रीमान,श्रीमतीको प्रतिक पनि मान्ने चलन छ। ज्योतिषीय दोष भएका व्यक्तिहरूले आजको दिन विशेष रूपमा पूजा–जप तथा दान गर्ने परम्परागत धार्मिक विश्वास छ।


