अ+
अ
अ-
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्व अर्थमन्त्री तथा एमाले नेता विष्णु प्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
यसअघि चार दिनको म्यादमा अनुसन्धान भइरहेकोमा अदालतले थप अनुसन्धान आवश्यक रहेको भन्दै पाँच दिनको म्याद थप गर्ने आदेश दिएको हो। पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो।
उहाँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, पौडेलको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि अदालतले बदरकाे आदेश जारी गरेकाे थियो । प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा अनुसन्धान जारी रहेको जनाएको छ ।


