निजी क्षेत्रका मुद्दामा बालेन शाहले गर्नु भयो उच्चस्तरीय बैठक

+
-

 

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन्।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहेको जनाइएको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालका अनुसार बैठकमा निजी क्षेत्रका समसामयिक विषय, व्यावसायिक गतिविधि तथा व्यवसायसँग सम्बन्धित विभिन्न मुद्दामाथि छलफल हुने कार्यक्रम रहेको छ।