आजको पंञ्चाङ्ग,शिव-पार्वतीकाे पूजा सहित बुधाष्टमी व्रत मनाइँदै

अ+
अ
अ-

काठमाडौ । आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल असार २४ गते, बुधबार हो । आज रेवती नक्षत्र, अतिगंड योग र चन्द्रमा मीन राशिमा रहेको दिन परेको छ। साथै, आज बुधाष्टमी व्रत पनि मनाइँदैछ।

धार्मिक मान्यताअनुसार बुधाष्टमी व्रत श्रद्धा, भक्ति र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ। यस दिन विशेष रूपमा भगवान शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ। यसरी पूजा गर्दा मनमा शान्ति, शरीरमा आरोग्यता र पारिवारिक प्रेम तथा सद्भाव बढ्ने विश्वास गरिन्छ।

भक्तजनहरू बिहानै मन्दिरमा गई शिव–पार्वतीको विशेष पूजा, अभिषेक तथा आराधना गर्छन्। साथै। साथै, व्रत बसेर धूप, दीप, फूल, फल र प्रसाद अर्पण गर्ने चलन पनि छ।

बुध ग्रहसँग्रहसँग सम्बन्धित ज्योतिषीय दोष भएका व्यक्तिहरूले पनि आजको दिन विशेष रूपमा बुध ग्रहको शान्तिका लागि पूजा–जप तथा दान गर्ने परम्परागत धार्मिक विश्वास छ।