त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त

अ+
अ
अ-

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ।
कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले शुक्रबार प्रा. डा. थापालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो।

यसअघि प्रा. डा. थापाले काठमाडौं विश्वविद्यालयको उपकुलपतिका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको थियो। उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले प्रा. डा. भोला थापा, प्रा. डा. नन्दबहादुर सिंह र प्रा. डा. दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो। तीमध्येबाट प्रधानमन्त्री शाहले प्रा. डा. थापालाई नियुक्त गर्नुभएको हो।

प्रा. डा. थापाले १९८३ मा लाबोरेटरी हाई स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो। त्यसपछि अमृत साइन्स कलेजबाट विज्ञान विषयमा आईएससी पूरा गरी नेपाल सरकारको कोलम्बो योजना अन्तर्गत भारतको पञ्जाबबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गर्नुभएको थियो। उहाँले नर्वेको एक विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) समेत हासिल गर्नुभएको छ।