अ+
अ
अ-
काठमाडौं। राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा तीनदिने फोटोपत्रकारिता तालिम सुरु गरेको छ।
असार १९ देखि २१ गतेसम्म थापाथलीस्थित द ब्रिटिस कलेजमा सञ्चालन हुने तालिममा देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफीमा रुचि भएका ६० जनाको सहभागिता रहेको छ।
तालिममा समाचार फोटोको गुणस्तर सुधार, फोटो क्याप्सन लेखन, फोटो सम्पादन, दृश्य कथन, फोटोपत्रकारिताको नैतिकता, क्यामरा सेटिङ, ब्रेकिङ न्युज कभरेज तथा फिल्ड अभ्यासलगायत विषयमा प्रशिक्षण दिइनेछ।
एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले यस्ता तालिमले नेपाली फोटोपत्रकारिताको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आयोजकका अनुसार तालिमको अन्तिम दिन सहभागीहरूले खिचेका तस्बिरहरूको समीक्षा तथा मूल्याङ्कनसमेत गरिनेछ।


