काठमाडौ । सही खानेकुराले बालबालिकाको वृद्धिमा सहयोग गर्छ भने युवाहरूको मोटोपना हृदयरोग, टाइप-२ डायबिटिज समेत कयौं प्रकारका क्यान्सरको खतरा पनि घट्दै जान्छ । आँकडाहरुले देखाए अनुसार अमेरिकामा २ देखि १९ वर्ष र यो भन्दा बढी उमेरका लगभग ४० प्रतिशत मानिस मोटोपनाको शिकार भएका छन् ।
जस कारण टाइप-२ डायबिटिज र क्यान्सर जस्ता बिमारीको खतरा बढिरहेको छ । लानसेन्टमा प्रकाशित एक रिपोर्टअनुसार १९९० देखि २०१७ सम्मको अवधिमा १९५ देशमा गरिएको अध्ययनले यो खुलासा गरेको हो। यसको अर्थ विश्वभरी प्रत्येक ५ मा एकको मृत्यु गलत खानपानबाट उत्पन्न हुने गरेको भएको पुष्टि छ।
यस्तो अवस्थामा सवाल उठ्न सक्छ कि सही खानपान के हो ? विज्ञान भन्छ यदि तपाईले खानामा फल र तरकारीको मात्रा मिलाउनुभयो भने र एक-एक हिस्सामा प्रोटिन र कार्बोहाइड्रेड भएको भोजन बनाउनुभयो भने यो एक आदर्श भोजन हुन जान्छ। सबैभन्दा महत्वपूर्ण कुरा के छ भने आधा भोक फल र तरकारीले पुऱ्याउनुपर्छ ।
गलत खानपिनले विशेषगरी ३ किसिमका बिमार निम्त्याउँछ ।
हृदयरोग : खानपानबाट अस्वस्थ भइ हृदयरोग लाग्ने सबैभन्दा ठूलो कारण खानामा सोडियम वा नुन धेरै हुनु हो। सोडियमको अधिक मात्राले ब्लड प्रेसर (हाइपरटेन्सन) बढ्न जान्छ । यसले रक्त कोषिकाहरुलाई पनि नोक्सानी पुऱ्याउँछ । यसबाट हृदय रोग बढ्दै जान्छ ।
डायबिटिज :- हामीले खानेकुरा शरीरमा चिनीको रुपमा फेरिन्छ । शरीरले यसलाई उर्जाको रुपमा प्रयोग गर्छ। गुलियो खानेकुरा शरीरले तीव्ररुपमा सोस्छ । यसैले शरीरमा सुगरको स्तर तलमाथि हुनेगर्छ । चीनजन्य खानेकुराको अस्वभाविक सेवनले डायबिटिज बढ्दै जान्छ ।
क्यान्सर : -मोटोपना १२ किसिमको क्यान्सरको कारण स्वस्थ शरीरलाई माइक्रोन्यूट्रियन्स अर्थात प्रोटिन, बोसो र कार्बोहाइड्रेडको सन्तुलन जरुरी मानिन्छ । विश्व क्यान्सर रिसर्च फन्ड एन्डका अनुसार अधिक बोसो र मोटोपना बढ्न जान्छ। चिप्स, बर्गर, चकलेट बिस्कुटको सेवनले मोटोपना बढ्न जान्छ। अनुसन्धानका अनुसार मोटोपनाले १२ किसिमको क्यान्सर बताउछ ।
(स्राेत सामाग्री :- दिब्य सन्देश )

